Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रालयद्वारा सीडीओको सरुवाः दरबन्दी अनुसार नै खटाउने क्रम सुरु


    बिहिबार, असोज २२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सहसचिवको दरबन्दी रहेका जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) को जिम्मेवारी दिएकोबारेमा धेरै टिकाटिप्पणी हुँदैआएको छ । सहसचिव खटाउन नसक्ने भए पनि किन दरबन्दी राखियो भन्ने प्रश्न उठ्दैआएको छ ।

    मन्त्रालयले बिहीबार बारा जिल्लाका सीडीओमा सहसचिव नै खटाएको छ । बारामा २ वटा उपमहानगरपालिका जीतपुर–सिमरा र कलैया छन् । ती उपमहानगरपालिकामा सहसचिव कार्यरत छन् । तर ती उपमहानगरपालिका हेर्नेगरी जिल्लाको सीडीओ भने रुद्रप्रसाद पण्डित कार्यरत थिए । ४ वटा निर्वाचन क्षेत्र रहेको बारामा उपसचिव सीडीओ राखेर एक निर्वाचन रहेको रामेछापमा सहसचिव राखिएको छ ।

    गृहमन्त्रालयले आज सरुवा गरेका सीडीओहरु गोविन्द रिजाल मकवानपुर र दीपकराज नेपाल बारा छन् । बाराका सीडीओ पण्डितलाई मन्त्रालयमा तानिएको छ । विनाजिम्मेवारी राखिएका सहसचिव उमेश बस्नेतलाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार