काठमाडौं । सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद हरिनारायाण रौनियारले सर्वाेच्चमा रिट दर्ता गराएका छन्रउनी निलम्बित सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका हुन्।
उक्त रिट बिहीबार सर्वोच्चले सुनुवाई थालेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलाशले रौनियारको निवेदनमा सुनुवाई गरिरहेको छ।
देशभर पुलको ठेक्का अलपत्र पारको पप्पु कन्स्ट्रक्सनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तत्कालीन समयमा रौनियारको पार्टी संघीय समाजवादी दल सरकारमै रहेको थियो।
रौनियारलाई पप्पु कन्स्ट्रक्सनका अध्यक्षको विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। सांसद निर्वाचित भएपछि उनले सबै जिम्मेवारी छोरा सुमितलाई सुम्पिएका थिए।
पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रौनियार, रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा हाल पनि विचाराधीन रहेको छ। रौनियारको तर्फबाट असोज २० गते सर्वोच्चमा रिट दायर गरिएको थियो।