Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना विरुद्धको खोप स्वीकृति नजिक, युरोपेली निकायले छिटो मूल्यांकन गर्दै


    बिहिबार, असोज २२ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना (कोभिड-१९) को महामारी बढेसँगै युरोपका सम्बद्ध अधिकारीहरु यो संक्रमण विरुद्धको खोपको अनुमति प्रक्रियालाई छिटो बनाउने तयारीमा छन् । अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको अष्ट्राजेनेका कोभिड-१९ खोपको परीक्षण र मूल्यांकनको कामलाई छिटो बनाउने तयारी भैरहेको हो । परीक्षण प्रक्रिया छिटो भइ यसलाई बजारमा ल्याउन सहज बनाउनका लागि यस्तो कदम चाल्न लागेको बताइन्छ ।

    यसका लागि युरोपेली औषधिजन्य उत्पादनको मूल्यांकन र पर्यवेक्षण गर्ने युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले यो साता  मूल्यांकन प्रक्रियालाई तीव्र पार्ने गरी मूल्यांकन गर्ने भएको छ । औषधि उत्पादक कम्पनीले खोप तयार पारेर बुझाउने अवस्था कुर्नुको विकल्पमा यो प्रकिया सुरु गरिएको हो । 

    यो प्रक्रिया अनुसार अक्सफोर्डले बनाएको खोपको युरोपेली निकायले नै अध्ययन गर्ने बताइएको छ । यो अध्ययनको आधारमा खोपलाई छिट्टै स्वीकृत दिने तयारी भएको बताइएको छ । स्वीकृति पाउनासाथ यो खोप युरोपेली बजारमा आउनेछ ।  यसअघि कोभिड-१९ का बिरामीलाई एण्टीभाइरल औषधि रेमदेसिभिर औषधि चलाउने विषयमा पनि यस्तै फाष्ट ट्रयाकबाट निर्णय भएको थियो । अहिले खोपको लागि सोही विधि छनोट गरिएको हो ।

    यसअघि अक्सफोर्डले निर्माण गरेको सो खोपको परीक्षणका क्रममा एकजना स्वयंसेवीमा गम्भीर असर परेकाले परीक्षण रोकिएको थियो । तरपनि अहिले यो युरोपेली निकायको निर्णयले खोपलाई छिट्टै नै मान्यता दिन फाष्टट्रयाक मार्फत गएको हो ।  

    ती स्वयंसेवीमा समस्या देखिएपनि खासै गम्भीर नभएको भन्दै युरोपेली निकायले यसलाई इंग्याण्डमा परीक्षण गर्न स्वीकृति दिएको थियो । यस्तै दक्षिण अफ्रिका, ब्राजिल र भारतमा यो खोपको परीक्षणले निरन्तरता पाएपनि अमेरिकाले भने यसबारे अझै प्रष्ट हुनुपर्ने भन्दै परीक्षण रोकेको छ । 

    युरोपेली निकायले तीव्र मूल्यांकन गरेसँगै यो खोपलाई स्वीकृति दिने/नदिने निर्णय हुनेछ । केही दिनभित्र नै स्वीकृति पाइ काम अघि बढ्ने तयारी रहेको बुझिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार