Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङमाथि नेपालको ६ विकेटको जित


    बिहिबार, कार्तिक २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

    मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

    उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार