जलेश्वर । प्रहरीको सेटिङमा महोत्तरीमा गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । महोत्तरीमा गएको असोज २४ गते राति बरामद चार क्वीन्टलभन्दा बढी गाँजा बरामद प्रकरणपछि प्रहरीका घुमुवाको सेटिङमा महोत्तरीबाट निर्वाध गाँजा तस्करी हुने गरेको रहस्य खुलेको हो । २०८० असोज २४ गते राति २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले तस्करीको ४ क्वीन्टल गाँजासँँगै हरि मण्डललाई पक्राउ गरेको छ । प्रहरीका घुमुवा बैंजु यादव र राजेश यादवको सेटिङमा महोत्तरीको बाटो प्रयोग गरी मण्डलले निर्वाध गाँजा तस्करी गर्दैआएको उनको बयानले समेत खोलेको स्रोतले बताएको छ ।
घुमुवा बैंजु र राजेशको सेटिङमा गाँजा तस्करी हुँदैआएको थियो । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीको अर्को टोलीले असोज २४ गते राति सेटिङमा तस्करी हुँदैआएको गाँजा बरामद गरेको थियो ।
सेटिङमा तस्करी हुँदैआएको गाँजा जिल्लाको अर्को टोलीले बरामद गरेको बिषयले महोत्तरी प्रहरीभित्रै तरंग ल्याएको छ । एसपी प्रकाश मल्लका घुमुवा राजेश यादवको सेटिङमा गाँजा तस्करी हुने गरेको र जिल्लाकै टोलीले बरामद गरेपछि तरंग उत्पन्न भएको हो ।

मण्डलले घुमुवालाई महिनावारी ३ लाख घुस दिएर गाँजा तस्करी गरेको बयान दिएपछि उपत्यका प्रहरी कार्यालयबाट बैजु यादव महोत्तरीमा आएर यो प्रकरण साम्य पार्न सक्रिय रुपमा लागिरहेको स्रोतले बताएको छ । मण्डललाई छुटाउने उपायको खोजीमा उनी जुटेका छन् । पक्राउ परेका मण्डलले बैंजु र राजेशलाई नियमित रुपमा घुस दिने त छँदैछ, जनकपुरमा घरजग्गा खरिद गर्न ठूलै रकम सहयोग गरेको बयान दिएको स्रोतले बताएको छ ।
महोत्तरीमा घुमुवा बसी गाँजा तस्करीमा सेटिङ गरी रौतहटका बैंजु र सर्लाहीका राजेशले धनुषाको कपिलेश्वरमा घडेरी किनी घरसमेत बनाइसकेका छन् । राजेशले जनकपुरको भवरपुरमा ९७ लाख रुपैयाँमा अर्को घर किनेका छन् । जुन घर किन्न समेत मण्डलले सहयोग गरेको स्रोत बताउँछ । महोत्तरीको एकडाराका हरि मण्डलका साथै रामएकवाल साह, लक्ष्मण चौधरी, अवधेश मण्डल, पूजन मण्डलहरुले पनि बैंजु र राजेशसँग मिलाएर गाँजा तस्करी गर्दैआएका छन् । उनीहरु ३ महिनाअघि पक्राउ परे पनि छुटिसकेका छन् ।
केही समयअघिसम्म महोत्तरीमा कार्यरत घुमुवा हवल्दार बैंजु यादव आइजीपी बसन्त कुँवरको दरबन्दी पठाऊ अभियान अन्तर्गत उपत्यका प्रहरी कार्यालय काठमाडौैंमा हाजिर भएका छन् । स्रोतका अनुसार काठमाडौंमा हाजिर भए पनि उनले महोत्तरीमा राजेश यादवमार्फत् हरि मण्डललाई गाँजा तस्करीमा लाइन मिलाउँदैआएका थिए । घुमुवा राजेशले बैंजुको निर्देशनमा गाँजा तस्करीलाई सहयोग गर्दैआएका थिए ।
गाँजा तस्करहरुबाट मासिक दररेटका अलावा घर जग्गा खरिदका लागि समेत बैंजु र राजेशले घुस लिएको बयान हरि मण्डलले खोलेपछि उनीहरुको सेटिङ छताछुल्ल भएको हो । सहायक हवल्दार राजेश यादव महोत्तरीका एसपी प्रकाश मल्लका घुमुवा हुन् । बैंजु यादव काठमाडौं उपत्यका प्रहरी कार्यालयमा समेत घुमुवामै कार्यरत छन् ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend