जलेश्वर । प्रहरीको सेटिङमा महोत्तरीमा गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । महोत्तरीमा गएको असोज २४ गते राति बरामद चार क्वीन्टलभन्दा बढी गाँजा बरामद प्रकरणपछि प्रहरीका घुमुवाको सेटिङमा महोत्तरीबाट निर्वाध गाँजा तस्करी हुने गरेको रहस्य खुलेको हो । २०८० असोज २४ गते राति २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले तस्करीको ४ क्वीन्टल गाँजासँँगै हरि मण्डललाई पक्राउ गरेको छ । प्रहरीका घुमुवा बैंजु यादव र राजेश यादवको सेटिङमा महोत्तरीको बाटो प्रयोग गरी मण्डलले निर्वाध गाँजा तस्करी गर्दैआएको उनको बयानले समेत खोलेको स्रोतले बताएको छ ।
घुमुवा बैंजु र राजेशको सेटिङमा गाँजा तस्करी हुँदैआएको थियो । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीको अर्को टोलीले असोज २४ गते राति सेटिङमा तस्करी हुँदैआएको गाँजा बरामद गरेको थियो ।
सेटिङमा तस्करी हुँदैआएको गाँजा जिल्लाको अर्को टोलीले बरामद गरेको बिषयले महोत्तरी प्रहरीभित्रै तरंग ल्याएको छ । एसपी प्रकाश मल्लका घुमुवा राजेश यादवको सेटिङमा गाँजा तस्करी हुने गरेको र जिल्लाकै टोलीले बरामद गरेपछि तरंग उत्पन्न भएको हो ।

मण्डलले घुमुवालाई महिनावारी ३ लाख घुस दिएर गाँजा तस्करी गरेको बयान दिएपछि उपत्यका प्रहरी कार्यालयबाट बैजु यादव महोत्तरीमा आएर यो प्रकरण साम्य पार्न सक्रिय रुपमा लागिरहेको स्रोतले बताएको छ । मण्डललाई छुटाउने उपायको खोजीमा उनी जुटेका छन् । पक्राउ परेका मण्डलले बैंजु र राजेशलाई नियमित रुपमा घुस दिने त छँदैछ, जनकपुरमा घरजग्गा खरिद गर्न ठूलै रकम सहयोग गरेको बयान दिएको स्रोतले बताएको छ ।
महोत्तरीमा घुमुवा बसी गाँजा तस्करीमा सेटिङ गरी रौतहटका बैंजु र सर्लाहीका राजेशले धनुषाको कपिलेश्वरमा घडेरी किनी घरसमेत बनाइसकेका छन् । राजेशले जनकपुरको भवरपुरमा ९७ लाख रुपैयाँमा अर्को घर किनेका छन् । जुन घर किन्न समेत मण्डलले सहयोग गरेको स्रोत बताउँछ । महोत्तरीको एकडाराका हरि मण्डलका साथै रामएकवाल साह, लक्ष्मण चौधरी, अवधेश मण्डल, पूजन मण्डलहरुले पनि बैंजु र राजेशसँग मिलाएर गाँजा तस्करी गर्दैआएका छन् । उनीहरु ३ महिनाअघि पक्राउ परे पनि छुटिसकेका छन् ।
केही समयअघिसम्म महोत्तरीमा कार्यरत घुमुवा हवल्दार बैंजु यादव आइजीपी बसन्त कुँवरको दरबन्दी पठाऊ अभियान अन्तर्गत उपत्यका प्रहरी कार्यालय काठमाडौैंमा हाजिर भएका छन् । स्रोतका अनुसार काठमाडौंमा हाजिर भए पनि उनले महोत्तरीमा राजेश यादवमार्फत् हरि मण्डललाई गाँजा तस्करीमा लाइन मिलाउँदैआएका थिए । घुमुवा राजेशले बैंजुको निर्देशनमा गाँजा तस्करीलाई सहयोग गर्दैआएका थिए ।
गाँजा तस्करहरुबाट मासिक दररेटका अलावा घर जग्गा खरिदका लागि समेत बैंजु र राजेशले घुस लिएको बयान हरि मण्डलले खोलेपछि उनीहरुको सेटिङ छताछुल्ल भएको हो । सहायक हवल्दार राजेश यादव महोत्तरीका एसपी प्रकाश मल्लका घुमुवा हुन् । बैंजु यादव काठमाडौं उपत्यका प्रहरी कार्यालयमा समेत घुमुवामै कार्यरत छन् ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend