Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसीसी यू-१९ प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै


    बिहिबार, कार्तिक २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले आज समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ ।

    खेल युएसडी-युकेएम ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।

    यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

    यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।

    हाल भइरहेको यू१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार