काठमाडाैं। नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा १ बजे शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
त्रिकोणात्मक टी–२० आई श्रृंखलाअन्तर्गत नेपालले यूएई र हङकङसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
टी–२० विश्वकप अघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा र बाँकी खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
यस श्रृंखलामा नेपालका सुपरस्टार बलर सन्दीप लामिछाने भने हुनेछैनन् । सन्दीप टी–२० क्रिकेटका लागि अनुभवी मानिन्छन् । उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल)लगायत विश्वभरका प्रायः सबै फ्रेन्चाइज लिग खेलेको अनुभव छ । यसर्थ सन्दीप नहुँदा नेपालको खेलमा असर पर्ने तथा टोलीलाई उनको अभाव खड्किने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘सन्दीप नहुँदा नेपालको खेलमा असर पर्छ नै । उहाँ कठिन समयबाट गुज्रिरहनुभएको छ । त्यसमा म धैरै जान चाहन्न ।’
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend