Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू, नेपालको पहिलो खेल युएईसँग


    बुधबार, कार्तिक १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आज बुधबार देखि सुरू हुँदैछ।

    उक्त सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्। यस खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ।

    नेपालले पहिलोपटक घरेलु मैदानमा युएईसँग टि-२० खेल्दैछ। टि-२०मा हालसम्म भएका पाँच भेटमा युएईले ३ र नेपालले २ खेल जितेको छ।

    नेपालले सिरिजको अर्को खेल कात्तिक ३ गते (पर्सी) हङकङसँग खेल्नेछ।

    सिरिजमा लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

    त्रिदेशीय टि-२० खेल्ने टोलीमा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार