Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा कोरोनाका कारण एक वृद्धको मृत्यु


    बिहिबार, असोज २२ २०७७
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ।

    प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शहिदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको हो।  असोज २० गते अस्पताल भर्ना भएका उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा असोज २१ गते नै रिपोर्ट पोजेटिभ आएको थियो।​

    अस्पतालका अनुसार ति पुरुष पहिलेदेखि मुटु तथा श्वासप्रश्वास समस्याबाट पीडित थिए। मृतकको शव अहिले अस्पतालमै राखिएको छ। आज नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरिने बुझिएको छ। यसअघि शहिदनगरमै २ जनाको ज्यान गइसकेको छ। योसँगै धनुषामा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ र प्रदेश २ मा १ सय४४ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार