Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकप छनोट फुटबल: लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा


    मंगलबार, असोज ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुग्न सफल भएको छ । नेपाली टोली आज खेलिएको खेलमा लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।

    नेपाल समग्रमा २—१ गोलको अन्तरमा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

    नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले निणर्ायक गोल गरेका हुन् ।

    यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए । अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै आफ्नो उत्कृष्टता सिद्ध गर्‍यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार