Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप नहुँदा टिममा असर पर्छ, तर हामी तयार छौँ: कप्तान रोहित


    मंगलबार, असोज ३० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछाने टिममा नहुँदा असर पर्ने गुनासो गरेका छन् ।

    घरेलु मैदानमा बुधबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले सन्दीप नहुँदा टिममा असर पर्ने भए पनि टिम तयार रहेको उल्लेख गरेका हुन् ।

    “शृङ्खलाका लागि हामीले राम्रो तयारी गरेका छौँ । भारतमा गरेको अभ्यास पनि राम्रो भयो । विश्वकप छनोटका लागि यो शृङ्खलाले सहयोग गर्नेछ,” रोहितले भने, “सन्दीप नहुँदा टोलीलाई केही असर त परिहाल्छ । तर पनि हामी तयार छौँ ।”

    सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण शृङ्खलाबाट नाम फिर्ता लिएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।

    भोलि (बुधबार)देखि सुरु हुने शृङ्खलामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूए) सहभागी छन् । शृङ्खलाअघि आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल क्रिकेट संघ (क्यान)ले ट्रफीसमेत सार्वजनिक गरेको थियो ।

    शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले कार्तिक १ गते यूएईसँग खेल्ने छ । नेपालले कार्तिक २ गते र ४ गते हङकङसँग खेल्ने छ ।

    नेपालले कार्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्ने छ । यूएई र हङकङ भने कार्तिक ५ र ८ मा भिड्ने छन् ।

    शृङ्खलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृङ्खलाको फाइनल कार्तिक १० गते हुने छ ।

    प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार