Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण


    बिहिबार, असोज २२ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

    मुख्यमन्त्री पौडेलकी स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो। उनलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ।

    परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले गत १५ दिनदेखि घरमै बसेकी थिइन्। उनलाई सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेकी छिन्।

    सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार