Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव २/३ दिन भित्रमा नेपाल पठाउने


    मंगलबार, असोज ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने तयारी भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ।

    पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो । गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ ।

    प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार