Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै


    बिहिबार, असोज २२ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो ।

    काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ ।

    बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु नपर्नै आजको गोरखापत्र दैनिकमा खवर छ ।

    ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर भन्छन्, हामी अब अनलाइन प्रणालीमा जाँदैछौँ, यात्रुले अनलाइनबाटै टिकट काट्नुहुन्छ, जसले गर्दा बसपार्कमा यात्रुको भीड हुँदैन, सफ्टवेयरको तयारी गरिरहेका छौँ, काम भइरहेको छ, दशैँपछि लागू गर्ने योजनामा छौँ । (गोरखापत्रबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार