काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले कक्षा ११ को पाठ्पुस्तकको मूल्य तोकेको छ।
केन्द्रबाट छपाइ भई विक्री वितरणमा आइरहेका कक्षा ११ को नेपाली र अंग्रेजी दुई विषयको पाठ्यपुस्तकको मूल्य निर्धारण गरिएको केन्द्रले जानकारी दिएको छ।
नेपाली कितावको मूल्य ६९ र अंग्रेजीको १२४ रुपैयाँ तोकिएको केन्द्रको भनाइ छ।
केन्द्रले तोकेअनुसार नै पाठ्यपुस्तकको विक्री वितरण तथा खरिद गर्न केन्द्रले अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई सूचना निकालेर जानकारी गराएको हो।