Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नापी कार्यालयका सर्वेक्षक ठाकुर र बिचौलिया यादव १ लाख २५ हजार घुससहित प्रहरीको फन्दामा


    सोमबार, असोज २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको छ। आयोगको कार्यालय इटहरीबाट खटिएको उक्त टोलीले सोमबार दिउँसो नापी कार्यालय सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेका हुन्।

    उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए।

    भद्रपुर ७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

    पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ। सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा बस्दै आएका थिए। सरुवा भए पनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार