Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • त्रिदेशीय टि-२० सिरिजका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा


    सोमबार, असोज २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। त्रिदेशीय टि-२० सिरिज खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

    नेपाल, युएई र हङकङबीच हुने त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले आज सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

    त्रिदेशीय टि-२० सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम उल्लेख छैन। उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए।

    त्रिदेशीय टि-२० खेल्ने टोलीमा रोहित शर्मा, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

    कात्तिक १ गतेदेखि सुरू हुने सिरिजको पहिलो खेल कात्तिक १ गते युएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ।

    सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार