काठमाडौँ। एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंका खेल्दै छन् । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ ।
यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा शनाका घाइते भएका थिए ।
उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ । रिपोर्टका अनुसार शानाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन् ।
यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र श्रीलंकाले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन् ।
कंगारु टोली पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
अस्ट्रेलिया र श्रीलंकाबिच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रह्यो ।
एकदिवसीय विश्वकप प्रतियोगिताको कुरा गर्दा १० खेल खेलिएका छन् जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले मात्र एक पटक जितेको छ । एक खेल भने नतिजा आउन सकेन ।
अस्ट्रेलिया: टोलीले पछिल्ला ५ खेलमध्ये ४ हारेको छ र एउटा मात्र जितेको छ।
श्रीलंका: यो टोलीको हालत अस्ट्रेलिया जस्तै छ, अर्थात् पछिल्लो ५ खेलमध्ये ४ हारेको र एउटा मात्र जितेको छ ।
यस वर्षको विश्वकपमा अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक रन बनाएका छन् । बलरमध्ये जोस हेजलवुडले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।
यस विश्वकपमा श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक रन बनाएका छन् । उनले दुई खेलमा एक शतक र एक अर्धशतक सहित १९८ रन बनाए । दिलशान मदुशंकाले सर्वाधिक ४ विकेट लिएका छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend