Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालयमा अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ


    बुधबार, असोज २१ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने एक शिक्षक पक्राउ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ परेका हुन् । 

    आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । 

    शिक्षिकालाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भिडिओ भाइरल भएपछि घटना सार्वजनिक भएको प्रहरीको दावी छ । 

    पिडित शिक्षिकाको मौखिक उजुरीको आधारमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार