Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसीसी यू–१९ प्रिमियर कप: नेपालको लगातार दोस्रो जित


    आइतबार, असोज २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

    नेपालले आज मलेसियामा भएको खेलमा बहराइनविरुद्ध सात विकेटको सहज जित निकालेको हो । मलेसियाको क्वालालम्पुरस्थित बयुमस ओभलमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

    नेपालको जितमा अर्जुन कुमाल र कप्तान देव खनालले समान ३२ रन जोडे । १०–३ को नाजुक अवस्थामा यी दुईले चौथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । यसबाहेक अन्य तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    बहराइनका अनास ओभाइद सयेदले तीन विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाएर ७७ रनको योगफल खडा गरेको थियो ।

    बहराइनका मुहम्मेद बसिलले ३४ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बहराइनका पाँच ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

    नेपालबाट घातक बलिङ गरेका दीपेश कँडेलले ६ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले आठ मेडन राख्दै चार रनमात्र खर्चिए । यस्तै, दुर्गेश गुप्ताले चार विकेट लिए ।

    नेपालले यसअघि पहिलो खेलमा इरानलाई २७४ रनको जित निकालेको थियो ।

    प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार