काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै आधा करोड ठगी गर्ने युवक पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भनि करिब ४९ लाख ठगी गर्ने सुनसरीका ३२ वर्षीय सुरज राईलाइ पक्राउ गरेकाे हाे।
राईले माल्टा पठाइदिने प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेर फरार भएको भनि गोपाल आचार्यसहितका व्यक्तिले गत फागुन ४ गते उजुरी दिएपछि उनलाई खोजतलास गर्ने क्रममा मंगलबार सुनसरीबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका सुरजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।