Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सक्रिय काेराेना संक्रमितको संख्या २५ हजार नाघ्यो, के लकडाउन होला ?


    बुधबार, असोज २१ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । पछिल्लाे समय काेराेना भाइरस संक्रमितकाे संख्या नेपालमा पनि दिन प्रति दिन बढिरहेकाे छ। नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । बुधबार देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा असोज ७ गते इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकार मातहतका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यो अवस्थामा  पुनः बन्दाबन्दी गर्नुपर्ने सिफारिस सरकारलाई गर्ने निर्णयसमेत गरेको थियो । 

    सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि स्वास्थ्य मन्त्रालयलाई  मात्र बन्दाबन्दी गर्ने अधिकार नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् ।

    २५ हजार भन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आँकलन गरिएको थियो । त्यही आँकलनको आधारमा  सरकारमा सिफारिस गर्ने भनिए पनि कोभिड–१९ का बिरामीलाई उपचार लागि हालसम्म अस्पतालले धान्न सक्ने अवस्था रहेको उनले बताए ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार