Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मणिपालका डाक्टरलाई कुटेको आरोपमा २ जना कारागार चलान, ७ जना धरौटीमा रिहा


    शुक्रबार, असोज २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड गरेको आरोपमा पक्राउ परेका दुई जना काराकार चलान भएका छन् ।

    अस्पतालमा तोडफोड भएकै दिन गत असोज ८ पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

    पक्राउ परेका बाँकी ७ जना भने १/१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    न्यायाधीश ध्रुवकुमार पियाको इजलासले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार