काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको हो ।
मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।