Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन थपिए ३४ सय ३९ जना कोरोना संक्रमित


    बुधबार, असोज २१ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

    बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय ७८ जनाको मृत्यु भएको छ।  

    प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १ हजार १ सय २६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार