Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • विश्व कप क्रिकेट: आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दै


    शुक्रबार, असोज २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्डबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ ।

    न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटाैँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो ।

    त्यस्तै, बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्ल्यान्डसँग एक सय ३७ रनले पराजित भएको थियो । हिजो भएको खेलमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

    यस विश्वकप क्रिकेटमा भोलि आयोजक भारत र पाकिस्तानबीच अहमदाबादमा खेल हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार