काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न मुलुकका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाई सुरु गरेको छ। अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु भएको हो।
संसदीय समितिले प्रस्तावित राजदूतहरुविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ। आज बसेको समिति बैठकले भोलिबाट लागू हुने उजुरी आव्हान गरेको हो । सरकारले अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि डा. निर्मलकुमार विश्वकर्मालाई राजदूत पदमा सिफारिस गरेको छ ।
संसदीय समितिको कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए। खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।
यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो।
त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ।