Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्यो केरुङबाट आयात हुने परिमाण, दैनिक दश कन्टेनर सामान आउँदै


    बुधबार, असोज २१ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरुपमा नेपाल भित्रनेक्रम बढेको छ। आयात हुने सामग्री केरुङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुर्‍याउने गरेको छ।

    नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।

    कोभिड – १९ उत्पत्ति भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म ५० करोड राजश्व असूल भएको जनाइएको छ। परीक्षणका लागि दैनिक आठ/दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ।

    सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र रसुवागढीबाट टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ।

    कोभिड –१९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार