Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किस्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


    बुधबार, असोज २१ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरस्थित किस्ट अस्पतालमा एक कोराेना संक्रमित महिलाको मृत्यु भएको छ। बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो।

    असोज १७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या रहेको अस्पतालले जनाएको छ। 

    स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार