Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय


    बुधबार, असोज २१ २०७७
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। 

    ‘जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने। 

    उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने निर्णय गरेको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार