Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा सांसद वाग्ले र श्रीलंकाली राष्ट्रपतिबीच भेटवार्ता


    बुधबार, असोज २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सांसद डा.स्वर्णिम वाग्ले र श्रीलंकाका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेबीच भेटवार्ता भएको छ । आज दक्षिण एसियाका प्रबुद्ध कुटनीतिज्ञ, अर्थविद एवं उद्यमीहरुको एउटा विशिष्ट भेलाका लागि श्रीलंकाको भ्रमणमा रहेका वाग्लले राष्ट्रपति विक्रमेसिङ्घेसँग भेटवार्ता गरेका हुन् ।

    श्रीलंकाको अर्थतन्त्र र समाधानोन्मुख सङ्कट, लुम्बिनीले गाँसेको नेपाल–श्रीलंका सम्बन्ध, सार्कको भविष्य र सूचना प्रविधिका नयाँ सम्भावनाबारे सौहार्दपूर्ण वार्ता भएको डा.स्वर्णिम वाग्लेले बताए । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहेका डा.शम्भु आचार्यको पक्षमा श्रीलंकालाई मतदान गर्नपनि डा.वाग्लेले आग्रह गरे ।

    नेपालको सरकारी पक्षले आफ्नो उम्मेदवारका लागि दह्रो क्षेत्रीय ‘लबिङ्ग’ नगरेको भन्ने चर्चाकाबीच नेपालका एकजना प्रतिपक्षी सांसदले यसरी मित्रराष्ट्रका राष्ट्राध्यक्षसमक्ष गरिएको आग्रह उल्लेखनीय छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार