Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. केसीको मागमा सरकार उदासिन, आन्दोलन चर्काउँदै चिकित्सक


    बुधबार, असोज २१ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकार उदासिन देखिएको छ । पछिल्ला दिनका दबाबमुलक प्रदर्शन प्रभावकारी नभएपछि चिकित्सकहरुले थप आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन्। अनशनको २४ दिन भैसक्दा पनि सरकारले वार्ता टोलीसम्म गठन गरेको छैन ।  

    जुम्लामा ८ दिन अनशन बसेका केसी स्थानीय र प्रदेश सरकारले बल प्रयोग गर्ने भन्दै काठमाडौं आएका थिए। उनी त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्।

    बुधवार त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जका आवासिय चिकित्सक बिहान १० देखि १२ बजेसम्म धर्ना बसेका हुन्।  नेसनल रेसिडन्ड डाक्टर एसोसियसनले धर्ना तथा ओपीडी बहिष्कार गर्ने निर्णय गरेको हो। आकस्मिक उपचार सेवामा भने कालोपट्टी बाँधेर काम गर्ने एसोसियसनले जनाएको छ।

    यस्तै, रेजिडेन्ट एसोसियसन अफ न्याम्सले पनि विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।  वीर अस्पतालको प्राँगणमा भेला भई १० देखि १२ बजेसम्म धर्ना दिने चिकित्सकले बताएका छन्।

    देशभरका चिकित्सकले आन्दोलननका विभिन्न कार्यक्रम गरिरहेको केसीका सहयोगी डा.प्रितम सुवेदीले जानकारी दिए। केसीका माग सम्बोधन नभएसम्मका लागि भन्दै डाक्टरहरुले आन्दोलनका कार्यक्रमहरु अघि बढाएका हुन्।

    मंगलबार शिक्षा सचिव गोपीनाथ मैनालीले केसीलाई भेटेर अनशन स्थगति गर्न आग्रह गरे पनि केसीले वार्ता टोलीको माग गरेका थिए। 

    केसीको मागबारे प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई जानकारी गराएको उनले बताए। सरकार वार्ता टोली गठन गर्न सकारात्मक रहेको मैनालीले बताए।

    यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने, जुम्लामा एमबीबीएस अध्ययन कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग राखेर केसी अनशनमा बसेका हुन्। लामो समयको अनशनका कारण उनको स्वास्थ्य बिँग्रदै गएको उनका सहयोगीले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार