Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभा पुरुष भलिबल च्यालेन्ज कप: अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित


    बुधबार, असोज २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काभा पुरुष भलिबल च्यालेन्ज कपमा अफगानिस्तानलाई पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको छ। श्रीलंकामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार अफगानिस्तानमाथि ३-२ को जित निकालेको हो।

    खेलमा नेपालले पहिलो सेट २५-१९ ले जितेर राम्रो सुरूवात गरेको थियो। तर नेपाल दोस्रो सेटमा १९-२५ र तेस्रो सेटमा २२-२५ ले पराजित भएपछि अफगानिस्तानले खेलमा २-१ को अग्रता लिएको थियो।

    चौथो सेट नेपालले २५-२१ ले जितेर खेललाई बराबरीमा ल्यायो। पाँचौ तथा निर्णायक सेटमा १५-१० को जित निकालेसँगै खेल नेपालले ३-२ ले जित्न सफल भयो।

    यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल आयोजक श्रीलंकासँग ३-० ले पराजित भएको थियो।

    अब नेपालले साउदी अरेबियासँग असोज २५ तथा उज्वेकिस्तानसँग असोज २७ मा खेल्नेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार