Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण दुई महिने शिशुको मृत्यु


    बुधबार, असोज २१ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । कोरोना भाइरसको संक्रमणका कारण मेची प्रादेशिक अस्पताल भद्रपुरमा दुई महिने शिशुको मृत्यु भएको छ।

    भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो। कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो। तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो।

    आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए। त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो।

    शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार