प्रमिलादेवी शाक्य बज्राचार्य
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल विभागको महानिर्देशकमा प्रमिलादेवी शाक्य बज्राचार्यलाई जिम्मेवारी दिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्र ५८ बर्ष उमेरहदले २०७७ असोज २० मा अवकाश भएका छन् ।
भौतिक मन्त्रालयले असोज १८ गते नै बज्राचार्यलाई रेल विभागको महानिर्देशकमा खटाएको छ । बज्राचार्य भौतिक पूर्वाधार मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख थिइन् । रेल विभाग स्थापनपछि तेस्रो महानिर्देशक हुन् बज्राचार्य ।