Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ताे छ आजकाे माैसम


    बुधबार, असोज २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति भने कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार