Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना विशेष अस्पताल बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु


    बुधबार, असोज २१ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल-५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । 

    स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको बुधवार बिहान १२ः ५० बजे मृत्यु भएको हो ।उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताए । त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा. गौतमले बताए । उनका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार