Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा कोरोनाबाट थप दुईको मृत्यु


    मंगलबार, असोज २० २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर। चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।

    आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार