Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंकरका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्रीको फोन, सक्दो छिटो उद्धार गर्ने आश्वासन


    सोमबार, असोज २२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई फोन गरेका छन् ।

    आज दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्।

    बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले बताए अनुसार प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै उनले तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।

    प्रधानमन्त्रीलाई उद्धृत गर्दै बिपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार