Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा असुल्ने ५ जना परे प्रहरीकाे फन्दामा


    मंगलबार, असोज २० २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ५ जना पक्राउ परेका छन् । चाडपर्वकाे मौका छोपेर बढी भाडा लिएको आरोपमा बिमल खत्री, किरण पौडेल, जितेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादवलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

    खत्री र पौडेल कोटेश्वरस्थित काउन्टरबाट तथा साह, भुजेल र यादव बल्खुबाट पक्राउ परेका हुन् । महाशाखाका अनुसार उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडालिएर टिकट काटेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरी बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार