Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित


    सोमबार, असोज २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा भारतले शानदार जित दर्ता गरेको छ । भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।

    अस्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य दिएको थियो । त्यसपछि भारतीय टोली ब्याटिङमा निस्कँदा शीर्ष क्रमले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन । बिरामी शुभमन गिलको स्थानमा आएका ओपनर इशान किशनलाई मिचेल स्टार्कले पहिलो ओभरमै आउट गरेका थिए ।

    अर्को ओभरमा जोस हेजलवुडले पहिले कप्तान रोहित शर्मा र त्यसपछि श्रेयस अय्यरलाई आउट गरे। यी तीन ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन् ।

    तर, यसपछि पिचमा आएका केएल राहुल र विराट कोहलीको जोडीले खेललाई नियन्त्रणमा लिए र दुवैले फेरि यो साझेदारीलाई १५० रनमा पुर्‍याए ।

    विराट कोहली ८५ रन बनाएर आउट भए । त्यसपछि हार्दिक पाण्ड्या पिचमा आए र ११ रन बनाए । जहाँ केएल राहुलले ११५ बलमा अविजित ९७ रन जोडे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार