Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कारको घटनामा मिलापत्र गरि गाउँमै गुपचुप पार्ने ६ जना पक्राउ


    मंगलबार, असोज २० २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बझाङ । बालात्कारको घटना गाउँमै गुपचुप पारेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बझाङको मष्टा गाँउपालिकाका झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।

    पक्राउ परेका मध्ये राजेन्द्र बोहरा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका हुन् । २९ साउनमा उनीहरूले १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए ।

    घटना बाहिर आउन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए । एसएसपी सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए ।

    ‘बलात्कार जस्तो जघन्य अपराधको घटना गाउँमै गुपचुप गर्नु कानुन विपरित हो,’ एसएसपी सिंहले भने, ‘घटनाबारे थप अनुसनधान भइरहेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार