Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • दशैंको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?


    मंगलबार, असोज २० २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैंकाे अग्रिम टिकट बुकिङ कहिले खुल्छ भन्ने कुरा अहिले पनि अन्याैलमै रहेकाे छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङबारे छलफल गर्न शनिबार लामो दूरीमा सवारी चलाउने सदस्य कम्पनीका अध्यक्षहरुसँग छलफल गर्दैछ ।

    त्यो छलफलपछि महासंघको बैठक बसेर अग्रिम टिकट बुकिङबारे निर्णय गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताउँछन् ।  स्वास्थ्य मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुग्दा लकडाउन गर्न सिफारिस गरेका कारण पनि अग्रिम टिकट बुकिङ खुला गर्न समस्या देखिएको छ । 

    यातायात व्यवस्था विभागले मंगलबारदेखि बुकिङ खुलाउन व्यवसायीलाई प्रस्ताव गरेको थियो । तर व्यवसायीले अहिले चलिरहेका बसमै पर्याप्त यात्रु नभएको भन्दै थप छलफल गर्नुपर्ने बताएको छ । सरकारले यो वर्ष दशैंका बेला ५ लाख व्यक्ति उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ । विगतमा वर्षमा यस्तो संख्या २० लाख हुन्थ्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार