Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि


    मंगलबार, असोज २० २०७७
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई रु ९४ हजार ९०० मा कारोबार भएको छ ।

    सोमबार प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनमा पनि रु ८०० ले नै वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज भने रु ९४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको चाँदी आज भने रु एक हजार २०० मा कारोबार भएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार