Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घन्टायता २३४० कोरोना संक्रमित डिस्चार्ज


    मंगलबार, असोज २० २०७७
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    यो सँगै नेपालमा  ६७ हजार  ५  सय ४२ संक्रमित  उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार ११ हजार ४७  जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ९९ हजार २ सय ७६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार २ सय २१ जना क्वारेन्टाइनमा छन्।  नेपालमा २२ हजार ७ सय ९ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार