Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर १५ सय ५१ संक्रमित भेटिँदा उपत्यकामा मात्रै १ हजार १७ जनामा कोरोना पुष्टि


    मंगलबार, असोज २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह रुपमा बढेको छ । मंगलबार देशभर १ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार नाघेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ। कोरोनाबाट हालसम्म ५ सय ६३ जनाले ज्यान गुमाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार