Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सदनमा एमालेले भन्यो- हाम्रो प्रधानमन्त्रीले इजरायली समकक्षीलाई सिधा सम्पर्क गर्नुपर्छ


    आइतबार, असोज २१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक हितराज पाण्डेले हाल इजरालयमा रहेका नेपाली नागरिकहरुको छिटो भन्दा छिटो उद्धार गर्न माग गरेका छन् ।

    आज आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएर मात्र नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सिधा सम्पर्क गरेर नेपालीको विषयमा छलफल गर्नुपर्ने माग गरे ।

    “सरकारलाई आग्रह गर्न चाहन्छु, यति ठूलो विपत्ति आइलागेको छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन । यो मुलुकमा सरकार छ, राज्य छ भने यसमा एउटा विज्ञप्ति जारी गरेर, सदनमा विवरण दिएर मात्र हुँदैन, प्रमले नेतान्याहुलाई फोन गरेर भन्नुपर्यो, सिधा छलफल गर्नुपर्छ भन्ने ठान्छु,” उनले भने ।

    सांसद गिरीले अहिले यूएन महासभाका कतिपय बैठकहरु चलिरहेको भन्दै त्यी बैठकमा पनि नेपाली प्रतिनिधिहरुले बैठकको ध्यानाकर्षण गर्नुपर्ने धारणा राखे । साथै, प्लेन चार्टर गरेर भए पनि नेपालीहरुको उद्धार हुनुपर्ने धारणा उनको थियो ।

    फरक विषयमा उनले संविधान दिवसको दिन कानुन र कानुनी राज्यलाई चुनौती दिँदै रिगल डनलाई माफी दिएको भन्दै सरकारले यसलाई फिर्ता लिनुपर्ने धारणा राखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार