Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज केही घटे कोरोना संक्रमित, देशभर १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, असोज २० २०७७
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनका तुलनामा यो केही कम हो ।   

    मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ५ सय ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ। संक्रमितमध्ये ६७ हजार ५ सय ४२ जना निको भएर घर फर्किएका छन्। यस्तै कोरोनाका कारण अहिलेसम्म ५६३ जनाको मृत्यु भएको छ।  

    प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर २ हजार ३ सय ४० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार