काठमाडौं । महिलालाई बन्धक बनाई हत्या गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीका विनय श्रेष्ठ भन्ने विनय माझीलाई पक्राउ गरेको हो।
गत वर्षको जेठ ५ गते कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोकको कर्थली–३ घर भई जोरपाटी बस्दै आएकी ३६ वर्षीया पम्फा श्रेष्ठलाई विनयले बन्धक बनाई हत्या गरेका थिए।