काठमाडौं । दशैं नजिकिएसँगै बजारमा पठाउन ठीक्क पारेका म्याद नाघेका खाद्य सामग्री बरामद भएको छ । महाराजगञ्ज क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा म्याद नाघेका खाद्य सामग्री बरामद गरेको हो।
प्रहरीले छापा मारेर ठूलो मात्रामा खाद्य सामग्री बरामद गरेको जनाएको छ । बरामद सामग्रीको मुचल्का उठाइसकेपछि प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ।